
२०४४ सालदेखि पार्टी अध्यक्ष हुँदै आएका केसीले यस पटक अध्यक्ष पद छोड्न चाहेका थिए तर पार्टीले उनलाई नै सर्वसम्मत चयन गरेको हो । ७१ वर्षीय केसीले राष्ट्रिय एकताका लागी संघीयता विरुद्धको आन्दोलनलाई अझ सशक्त ढंगले अघि बढाएर लैजाने बताए । उनले जेठ ५ गते अव बन्ने संविधानमा संघीयता घुसाउनु हुदैन भनेर आन्दोलन गर्ने जानकारी दिए ।

सम्मेलनले वैशाख २५ गते देशव्यापी रुपमा संविधान निर्माणका लागि दबाब दिन विरोध सभा गर्ने जनाएको छ ।




