त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिविहीन

काठमाडौं – प्राप्त समाचार अनुसार त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा शुक्रबारदेखि उपकुलपतिविहीन भएका छन् ।

दुवै विश्वविद्यालयका उपकुलपतिको कार्यावधि सकिएपछि पदरिक्त बनेको हो । २०६४ वैशाख १७ गते त्रिविमा प्राध्यापक माधवप्रसाद शर्मा र नेसंविमा विदुरप्रसाद पौडेल नियुक्त भएका थिए ।

त्यसको चार महिनापछि नियुक्त रेक्टर र रजिष्ट्रार भने पदावधि बाँकी रहेको छ ।