आज १२२ औं अन्तराष्ट्रिय मजदुर दिवस, विभिन्नका कार्यक्रमगरी मनाईदै
बैशाख १८ गते, २०६८ मा प्रकाशित
आज एक सय २२औं अन्तर्राष्ट्रिय मजदुर दिवस । आज मजदुर वर्गले बलिदानीपूर्ण संघर्षबाट अधिकार स्थापित गरको ऐतिहासिक दिन हो । यो दिनमा विश्वभरका मजदुरहरुले विभिन्न कार्यक्रम गरदैछन् ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वमा सन् १८८९ बाट मजदुर दिवसको परम्परा सुरु भएको हो । नेपालमा भने सन् १९४७ मा विराटनगर जुट मिलका मजदुरले पारिश्रमिक बृद्वि तथा कार्यस्थल सुधारको माग राख्दै औद्योगिक हडताल गरेपछि त्यही दिनबाट मजदुर आन्दोलन सुरु भएको मानिन्छ । यसैको परिणामलाई मध्यनजर गर्दै नेपालमा पनि श्रमिकले मे-१ लाई मजदुर दिवसका रुपमा मनाउने गरेका छन ।
नेपालमा करिव एक करोड १५ लाख मजदुर रहेको अनुमान छ । चरम उर्जा संकट आर्थिक तरलता प्रविधि अनि व्यवसायमा हुने राजनीतिकरणले समेत मजदुर मारमा पर्दै आएका छन् ।
यसैबीच प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइरालालगायतले मे दिवसको अवसरमा शुभकामना सन्देश दिँदै यो ऐतिहासिक दिनको सुखद अवसरमा सबैमा बधाइ र शुभकामना व्यक्त गरेका छन् ।
यो दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरॆर तथा सम्पूर्ण मजदुर वर्गप्रति सम्मान व्यक्त गर्दै सरकारले लोकतन्त्र बहालीपछि मे-१ का दिन सार्वजनिक बिदा दिँदै आएको छ ।