बुटवलको सिद्देश्वरी गुरुयोजना पुरा हुनेमा अन्यौल

– कृष्ण खनाल

 

बुटवल १९ वैखाख ।  बुटवलमा – ९ दिपनगरमा सिद्देश्वरी लाल कुमारी उच्च  मा वि पुरानो नाम  सिद्देश्वरी उच्च मावि  को आफ्नो आफ्नो विद्यालयलको विकासको लागी बनाएको गुरुयोजना पुरा हुनमा अन्यौलता छाएको छ ।

 

विद्यालयको माताहातमा रहेको खेलमैदानको को व्यवस्थीत विकास तथा विद्यालयको भौतीक  तथा आर्थिक सुधारको लागी बनाएको गुरु योजना अहिले सम्म पुरा हुनेमा विस्वस्थ हुन सकिएको छैन ।

 

विद्यालयको योजना रहेको भए पनी बुटवल नगरपालीकाले सहयोग नगरेको कारण गुरु योजना पुरा हुनेमा  कठिन भएको विद्यालयका प्रचार्य ऋषिराम खड्काले जनाए ।

 

यसरी व्यवस्थित रुपमा विकासको लागी बनाईएको वस्तृत योजना हाटवजार व्यवसायीहरुको व्यवसाय गर्ने थलोको रुपमा प्रयोग भएको खेलकुद मैदान र मैदानको पुर्वी भागमा बनाउने भनिएको व्यवसायीक भवन पनी निर्माण हुन सकेको छैन ।

 

व्यवसायीक भवन निर्माणको लागी भवन निर्माण गर्नको लागी निस्चित मापदण्डमा निर्माणको लागी विभिन्न पत्रपत्रिकामा आवह्न गरिएको भए पनी कुनै पनी निवेदन नपरेको विद्यालयको जनाकारीमा गराएको छ । 

 

 वि.स २०६५ सालमा सुरु गरेर वि।स।२०७२ सालमा पुरा गर्ने दक्ष्य लिएको सो विद्यालयले गुरुयोजनाको अहिले थोरै मात्र काम सम्पन्न गरेको छ ।  विद्यालयको पुर्व – उत्तर भागमा केही मात्र तारवारल वाउन्डीङ गर्ने काम वाहेक अन्य काम भएको छैन ।

 

विद्यलयको योजनावद्ध रुपमा लागी वि।स।२०६३ सालमा महायज्ञ समेत गरीएको थियो ।  विद्यालयका प्रचार्य ऋषिराम  खड्काका अनुसार महायज्ञवाट कुल रकम ८६ लाख रुपैया संकलन भएकोमा २८ लाख रुपैया उठ्न वाकि रहेको जनाकारी गराए । महायज्ञवाट उठेको जम्मा रकम बाट विद्यालयको पुर्वतर्फ वान्ड्रीङको लागी ७ लाख रुपैया खर्च भएको र अन्य २ लाख ७५ हजार रुपैया विद्याथिएहरुको लागी २० वटा कम्प्युटर खरिद गरि अध्यायापन कार्य गरेको बताए ।

 

वाकि अन्य रकम भने  आफुहरुसंग बचत भएको बताए । उनले भने पैसा त छ तर काम गर्ने बातावरण छैन । हाटवाजार व्यवसायी को कारण हाटवजारका सामानहरु वेच्ने थलो र राजनैतिक दल हरु तथा विभिन्न संघ संस्था ले खेलकुद संाचालन देखि विभिन्न व्याक्तिहरुले गाडी सिक्ने थलोको रुपमा प्रयोग हुदै आएको उक्त खेलकुद मैदानमा चारै तिरबाट वाउन्डीङ गरी पुर्व तर्फ व्यवसायीक सटर बनाउने योजना रहेको थियो ।

 

तर उक्त योजना अगाडी बढाउनको लागी अहिले असहज स्थीत आएको विद्यालयले जनाएको छ ।े आर्थिको अन्त्य सम्ममा वाउन्डीङकार्य सक्ने योजना भएको भए पनी सो काम पुरा नहुने जस्तै भएको छ । विद्यालयले जनाए अनुसार काम गर्नको लागी ठेक्का दिँदा काम गुणस्तरीय नहुने र प्राचार्यको प्रत्यक्ष निगरानीमा काम गराउनको लागी कामदारको अभाव रहेको जनाकारी दिएको छ । 

 

गुरुयोजनाको सम्पुर्ण काम गर्नको लागी विद्यालयको पश्चिम भागमा सडक ले अतिक्रमण गरेको र हाटवजारको समयमा हाटवजारव्यवसायीहरुले व्यापार गर्ने थलो भएको कारण आफुहरुलाई तारवार गनरेर मैदानलाई संरक्षण तथा व्वस्थीत गराउनको लागी समश्या भइएको विद्यालयको भनाई रहेको छ ।

 

यसरी उक्त कामको लागी अहिले सम्म सिद्देश्वर स्टेडियम मर्मत तथा सुधार कार्यक्रम अन्र्तगत ३ लाख रुपैया विनीयोजन भएको महायज्ञ वापत को खर्च भई बचेको जम्मा  रकम १९ लाख रुपैया  अहिले त्यतिकै रहेको छ । यस्को लागी बुटवल नगरपालीकाले काम अघिबढाउनको लागी कुनै पनी स्वीकृती नदिएको विद्यालयको भनाई रहेको छ । उता बुटवल नगरपालीका का प्रमुख यज्ञ प्रसाल भट्राईले विद्यालयलाइृ सहयोग नगर्ने कुरा नहुने भन्दै आफुलाई विस्तृत जनाकारी आएपछी जानाकारी गराउने बताए । उनले भने – अहिले मलाई सवै कुरा थाहा छैन बुझेर सवै बताउला ।