प्रधानमन्त्री झलनाथ खनाल र एमाले नेता माधव नेपालबीच भेटवार्ता

काठमाडौ  – मंगलबार विहान प्रधानमन्त्री झलनाथ खनाल र एमाले नेता माधव नेपालबीच भेटवार्ता भएको छ । मंगलबार विहान नेता नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री खनालले पार्टी भित्रको आन्तरिक विवादलाई सुल्झ्याउने विषयमा छलफल भएको जनाइएको छ ।


यस्तै भेटमा शान्ति प्रक्रिया संविधान निर्माण र भावी रणनीतिबारे परामर्श गरेका थिए । सो क्रममा नेपाललले पार्टीको केन्द्रीय कमिटिको बैठक स्थगित गरेकोमा असन्तुष्टि जनाउँदै बैठक तत्काल बोलाउन आग्हर गरे । भेटमा अन्यदलसंगको छलफललाई तिव्रता दिने सम्बन्धमा समेत कुराकानी भएको बताइएएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकास ज्वालाले जानकारी दिए ।

 नेता केपी ओली, नेपाल र प्रधानमन्त्री खनालबीच विगत लामो सयमदेखि सम्बन्ध चिसिदै आएको थियो । सम्बन्ध सुधार कै क्रममा प्रधानमन्त्री खनालले केही दिन अघि नेता ओलीसंग भेटवार्ता गरेका थिए । नेताद्वय ओली र नेपालले एकलौटी ढंगले मन्त्रिमण्डल गठन गरेको भन्दै नयां वर्षको अवसरमा प्रधानमन्त्री खनालले आयोजना गरेको चियापान समारोहमा समेत उपस्थित भएका थिएनन् ।