माओवादी सभासद् झक्कुप्रसाद सुवेदीको गालामा हिर्काउने प्रेमराज देवकोटालाई सार्वजनिक मुद्धा



 

काठमाडौ – काठमाडौको तीनकुनेमा माओवादी सभासद् झक्कुप्रसाद सुवेदीको गालामा हिर्काउने प्रेमराज देवकोटालाई सार्वजनिक मुद्धा चलाउने भएको छ । तीनकुनेका पसल गर्दै आएका उनले सुवेदीलाई दुबै गालामा एक एक थप्पड हानेका थिए ।

 

महानगरीय प्रहरी बृतका प्रहरी नायब उपरिक्षक उपरीक्षक चक्रबहादुर सिंहले उनलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाही गरिने  बताए । ऐनमा बढीमा २५ दिनसम्म थुना र २८ हजार रुपैयाँसम्म धरौटी लिन सक्ने उल्लेख छ ।

 

‘साधारण तारेखमा पनि छुट्न सक्छ, आज सार्वजनिक ऐन अन्तर्गत मुद्धा दर्ता गर्छौ,’ सिंहले भन्नुभयो । गोरखा गाइखुर- ८ का देवकोटाले आफ्नो पसल भित्रै बोलाएर संविधान बनानउन ढिलाई गरेको भन्दै सुवेदीलाई दुई थप्पड हानेका हुन् ।

 

थप्पड हानेको केहीबेरपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।