सिन्धुली – सिन्धुलीको खुर्कोटबाट बनेपा आउँदै गरेको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । १२ जना भन्दा बढी घाइते भएका छन् । बा २ ख ३३७५ नम्बरको बस रिठ्टे भन्ने ठाउँमा दुर्घट्ना भएको हो ।
मंगलबार बिहान ११ बजे ३५ यात्रु लिएर आउँदै गरेको थियो । बस दुर्घटनामा परी काभ्रे भीरमा अडकिएको छ । दुर्घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धारगर्ने कार्य गरिरहेको स्थानीय निर्मला श्रेष्ठले जनाएकी छन् ।
मातातिर्थ औंसीको अवसरमा आमाको मुख हेर्न जाने अधिकांस महिलाहरु बसमा सवार रहेको जनाइएको छ । बसमा यात्रुहरु च्यापिएका छन् । घाइते यात्रुलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ भने मृतकको नाम खुल्न सकेको छैन । क्षती ग्रस्त बस मिनिबस काभे्र सेवा समितिको हो ।



