अल कायदा प्रमुख ओसामा बिन लादेन मारिएको घोषणा गरेपछि एसिया र युरोपका सेयर बजारमा सुधार


Pro-Taliban supporters protest following the death of Osama Bin Laden
लन्डन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले अल कायदा प्रमुख ओसामा बिन लादेन मारिएको घोषणा गरेपछि एसिया र युरोपका सेयर बजारमा सुधार आएको छ। कच्चा तेल र सुनचाँदीको मूल्य घटेको छ।


विश्लेषकका अनुसार लादेनको मृत्युले सुरक्षा जोखिम कम हुने अनुमानमा लगानीकर्ता उत्साही भएका छन्। उनीहरुले विश्व अर्थतन्त्रको दीर्घकालीन सुधारमा यसले खासै सहयोग नपुर्‍याउने भएकाले लगानीकर्तालाई सतर्क रहनुपर्ने बताएका छन्।