कैलालीको धनगढीबाट अछाम जादै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेहरुको सख्या १६ पुग्यो

नेपालगन्ज – कैलालीको धनगढीबाट अछाम जादै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेहरुको सख्या बढै गएको छ । अहिले सम्म १६ जनाको मृत्यु भईसकेको छ ।

अछाम र डोटि सिमा क्षेत्र नजिकै भएको उक्त दुर्घटनामा परी मृत्यु हनेहरुमा बसका चालक बीर बहादुर बिस्ट, बझाङ देउराका, खलासी बीरु रावल र अछामका डम्बर बोगटिको सनाखत भएको छ । अन्यको सनाखत भईनसेको प्रहरीले जनाएको छ ।

आज बिहान सढे ३ बजेतिर डोटीको काडामाण्डौ गाबिस वडा नम्बर ३ मा ना ४ ख ४०१८ नम्बरकोे बस दुर्घटना भएको हो । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जना भन्दा बढी यात्रु घाईते भएका छन ।

डोटी सदरमुकाम सिलगढीबाट झण्डै ३५ किलोमिटर टाडापर्ने उक्त स्थानमा भएको बस दुर्घटनाका घाईतको उद्धारमा अछामको मर्कु स्थित हेल्थपोष्टका स्वास्थ्यकर्मी पुगेका थिए । तर,उपचार सामाग्री अभाव भएको छ । घाईतेहरु मध्ये २० जनालाई  डोटी जिल्ला अस्पतालमा उपचारार्थ पुर्‍याईएको छ ।