छ-पक्षीय वार्ता पुनः सुरु हुनका लागि गणतन्त्र कोरियाको धारणा

गणतन्त्र कोरियाको परराष्ट्र तथा वाणिज्य मन्त्रालयले आज एउटा विज्ञप्ति सार्वजनिक गरेर, छ-पक्षीय वार्ता पुनः सुरु हुनका लागि प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले व्यावहारिक कार्वाहीमार्फत आणविक चाहना त्याग्ने सदिच्छा देखाउनुपर्ने र गणतन्त्र कोरियाको चेवनान घटना तथा येवनफयेवङ्ग टापूमाथिको तोप प्रहारको घटनाको जिम्मेवारी लिनुपर्छ भनेको छ।

          गणतन्त्र कोरियाली सरकारले यसवर्षको जनवरी महिनामा आणविक कार्यक्रम त्याग्नेसम्बन्धी उत्तर कोरियाको सदिच्छा निश्चित गर्ने उद्देश्यले दक्षिण र उत्तर कोरियाबीचको वार्ता आयोजना गर्ने सुझाव प्रस्तुत गरेको थियो।