बिन लादेनलाई मारिएको समाचार सार्वजनिक भएपछि आतंकबादी धम्कीको सामना गर्न धेरै मुलुकमा सुरक्षा सबल

अल-काइदा संगठनका नेता बिन लादेनलाई मारिएको समाचार सार्वजनिक भएपछि बेलायत, फ्रान्स, अमेरिका, न्यूजिल्याण्ड, जापान तथा दक्षिण कोरिया लगायतका मुलुकहरुले सम्भावित आतङ्ककारी धम्कीको सामना गर्न सुरक्षालाई सबल पार्दै आएका छन्।

        बेलायती प्रधानमन्त्री डेभिड कामेरोनले गत दुई तारिखका दिन बोल्दै आगामी केही हप्तामा विशेष चेतना दिनुपर्ने आग्रह गर्नुभएको थियो।

         सम्वेदनशील क्षेत्रमा अवस्थित फ्रान्सेली राजदूताबास, स्कुल तथा व्यवसायहरुले सुरक्षालाई प्रवर्द्धन पार्दै अल-काइदा संगठन तथा अन्य उग्रबादी तत्वले बदला दिनबाट जोगाउने हिसाबले तयारी गर्ने आदेश फ्रान्स सरकारले दिएको छ।

         अमेरिकाको न्यूयोर्क सरकारले गत दुइ तारिखका दिन टाइम्स स्क्वायरलगायतका महत्वपूर्ण सार्वजनिक क्षेत्रमा रहने प्रहरीको सङ्ख्या बढाएको थियो।

         जापानी प्रधानमन्त्रीले आतंकबादविरोधी नीतिलाई सबल पार्न आग्रह गर्नुभएको छ भने दक्षिण कोरिया सरकारले जापानी राजदूताबासले अन्तर्राष्ट्रिय आतंकबादको सामना गर्ने चेतावनीलाई बढाउने आदेश दिएको छ।