काठमाडौ – माओवादी उपाध्यक्ष मोहन बैद्यपक्षधरले मन्त्री परिषदमा पठाउने व्याक्ति र मन्त्रालयबारे पूर्व सहमति विपरित अध्यक्ष पुष्पकमल दाहालले एक्लौटी निर्णय गरेको आरोप लगाएको छ । यसले पाटी कमजोर बनाउने बैद्य पक्षको ठहर छ । उपाध्यक्ष बैद्य निकटका सचिव सिपी गजुरेलले मन्त्री चयन र मन्त्रालय हेरफेरमा अध्यक्ष दाहालले पूर्व सहमति विपरित एक्लौटी निर्णय गरेको आरोप लगाएका हुन् ।
गजुरेलले दाहालको एक्लौटी निर्णयले पार्टी एकता कमजोर हुने प्रतिक्रिया दिए । सैद्धान्तिक रुपमा पार्टी भित्र लामो समय देखि कायम पछिल्लो चरम मतभेद उत्कर्षमा पुगेको उनले स्वीकारे पनि यसले ततकाल पार्टी विभाजन भने नहुने दाबी गरे ।
यस्तै एक प्रसंगमा उनले शान्ति र जनविद्रोहलाई पर्यायवाची भएकाले आफूहरुले उठाउँदै आएको जनविद्रोहको विषयलाई गलत ढंगले नबुझन पनि आग्रह गरे ।



