नदीहरुको जलप्रवाहमा सुधार आएर विद्युत उत्पादन बढेपछि भोलिदेखि लोडसेडिङ घट्ने

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले नदीहरुको जलप्रवाहमा सुधार आएर विद्युत उत्पादन बढेपछि भोलिदेखि लोडसेडिङ घटाउने भएको छ। परिवर्तित तालिका अनुसार ‍प्रतिदिन औसत ११ घण्टा विद्युत आपूर्ति बन्द हुनेछ।

 

 यसअघि १४ घण्टा लोडसेडिङ थियो।


नयाँ तालिका अनुसार हप्ताका ५ दिन ११ घण्टा लोडसेडिङ हुनेछ भने दुई दिन १२ घण्टा।


परिस्थित प्रतिकूल भए एक घण्टा आकस्मिक लोडसेडिङ थप हुनसक्ने पनि विद्युत प्राधिकरणले जनाएको छ।