बुटवलमा कांग्रेसको विशाल आमसभा, एकलाख बढी कार्यकता उतारिने दावी

– कृष्ण  खनाल

 

बुटवल २२ बैशाख ।  शान्ति प्रकृयालाइ तार्किक निश्कर्षमा पुर्याउन र निर्धारीत समयमै लोकतान्त्रिक संबिधान निमार्ण गर्न दवाव दिने उद्येस्यले कंाग्रेसले थालेको जनजागरण अभियान अन्तरगत  सुक्रबार बुटवलमा विशाल आमसभा हुँदैछ । 

 

बुटवलको सिद्धेस्वरी खेल  मैदानमा हुने आमसभामा पार्टी सभापती सुसील कोइराला पार्टीका उपसभापती तथा संसदिय दलका नेता रामचन्द्र पौडयाल  बरिष्ठ नेता शेर बहादुर देउवा  महामन्त्रि प्रकाशमान िसंह लगाएतका  केन्द्रिय नेताहरुले आमसभालाई सम्बोधन गर्ने नेपाली कागं्रेसले  जनाएको छ ।

 

शान्ति लोकतन्त्र र लोकतान्त्रिक संबिधान नेपाली कांग्रेसको राष्ट्रिय अभियान भन्ने नाराका साथ कांग्रेस केन्द्रिय समितिले देशका प्रमुख सहरहरुमा आमसभाहरु गर्ने निर्णय गरे अनुरुप सुक्रवार बुटवलमा आमसभा हुन लागेको हो ।  आमसभामा रुपन्देही कपिलबस्तु नवलपरासी पाल्पाअर्घाखाचीबाट एकलाख बढी नेता कार्यकताहरुको उपस्थिति रहने  कागं्रेसले जनाएको छ  । यसअघि पोखरा र झापामा आमसभा सम्पन्न भइसकेका छन भने दाङ काठमान्डौ र धनगडीमा पनि आमसभा सम्पन्न गरिने जनाइएको छ भने बुटवलमा सुक्रवार दिउसो १२ बजे मिडियाचोकबाट झाकी सहितको विसाल र्याली निकालिने र मिलनचोकहुदै सिद्धेश्वरीको मैदानमा पुगेर आमसभामा परिणत हुने जनाइएको छ ।

 

आमसभाको तयारी पुरा

 

यसैविच बुटवलमा  हुने आमसभाको तयारी पुरा भएको आमसभा  तयारी मुल समितिले जनाएको छ । विहिबार बुटवलमा आयोजीत  पत्रकार सम्मेलनमा आम सभा तयारी समितिका संयोजक अब्दुल रज्जाकले तयारी पुरा भएको जानकारी गराएका हुन ।

 

सो कार्यक्र्रममा बोल्दै पुर्व मन्त्रि तथा कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँडले नेपाली कांग्रेसले संबिधान सभालाइ शैद्धान्तिक रुपमा स्वीकार गरेको भएपनि मओवादीले भने सत्ता कब्जा गर्ने रणनितिको रुपमा मात्र प्रयोग गरेको दावि गर्नु भयो । 

 

 लोकतन्त्रवादीहरुलाइ सगंठीत गर्ने र लोकतन्त्रको रक्षाका लागि परिचालित गर्ने उद्येस्यले कांग्रेसले  देशव्यापी आमसभाको आयोजना गरिएको नेता खाड ले बताउनु भयो ।  कागं्रेसले देशलाइ निकास दिन सक्छ भन्ने जनतालाइ बुझउन र पार्टीका नेता कार्यकर्ता विच मेलमिलाप बढाउन पनि आमसभाको आयोजना गरिएको नेता खाँडको विश्वास छ । काङगे्रसको आमसभलाई  शक्ति प्रदर्शनको रुपमा समेत लिइएको छ ।