माओबादीको अवरोध र एमालेको द्धैध चरीत्र शान्ति र सविधानको बाधक: काङग्रेस

– कृष्ण खनाल

 
बुटवल २३ बैशाख ।  नेपाली काङग्रेसका सभापती शुसिल कोईरालाले नेपाली जनातालाई ढाटेर एकिकृत नेकपा  माओबादीले मुलुकमा सर्वसत्ताबाद लाद्न खोजेको दावि गर्नु भएको छ ।

 

 

तस्बिर: कृष्ण खनाल, बुटवल 

 

कुनै पनी किसीमको सर्व सत्तावाद नेपाली जनताई स्वीकार्य नहुने बताउदै माओवादीको सत्ता कब्जाको रणनिती कुनै पनी हालतमा पुरा हुन नदिने दृढता व्यक्त गर्नुभयो । माओवादीले  बिगतका  सहमती र सम्झौताहरु  पालना नगर्दा जनताको आन्दोलनबाट प्राप्त  उपलब्धी गुम्मने  खतरा बढ्दै गईरहेकोले काङग्रेस जनातामाझ आएको  बताउनुभयो । 


नेपाली काङग्रेसले आज  बुटवलमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै काग्रेस सभापति कोईरालाले भय त्रास र आतकंको भरमा माओबादीले जनतालाई कब्जा गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । उहाले  शान्ति प्रक्रीयालाई निकर्षमा पुर्याउने बिषयमा बिगतमा भएका सहमतीको पालना नगर्दा माओबादीको अन्तराष्टिय छवि समेत धुमीलीदै गएको आरोप लगाउनभयो  । 

 

 

तस्बिर: कृष्ण खनाल, बुटवल 

 

कार्यक्रममा छोटो समय लिनुभएका  बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री सेरबहादुर देउवाले राष्ट्रिय सहमती बिना सविधान नबन्ने र शान्ति कायम हुन नसकन्ने टिप्पणी गर्दै सहमतीमा आउन माओबादीलाई आग्रह गर्नुभयो । शान्ति प्रकि्रया र संविधान निर्माणका लागी पछिल्लो पटक माओवादीले गरेको प्रतिवद्धता सकारात्मक भएपनी उत्त निर्णय ईमान्दारीतामा आधारीत छ की  रणनैतिक रुपमा मात्रै आएको हो  प्रश्न गर्नुभयो । 

 

नेपाली काङग्रेसका  उपसभापति एवं ससंदीय दलका नेता राम चन्द्र पौडेलले संविधान नबन्नु र शान्ति प्रकि्रया निस्कर्षमा नपुग्नुमा ६ सय १ जना सभासदहरुको कुनै दोष नभएको र माओवादी अवरोध एवं एमालेको ढुलमुले निती जिम्मेबार रहेको आरोप लगाउनुभयो । 


 उहाले  एमालेको दोधारे नितीका कारण देसले राजनीतीक निकास पाउन नसकेको र सविधान बन्न नदीने माओबादीको रणनीतीमा एमालले सहयोग पुर्याएको दावी समेत गर्नुभयो  । माओबादीका बिगतका कि्रयाकलापहरु लोकतन्त्र बिरोधी भएको भन्दै नेता पौडेलले देसमा लोकतान्त्रीक सविधान निमार्णका लागी जनाधार तयार गर्न काङग्रेसले जागरण अभीयान थालेको जानकारी गराउनुभयो ।

 

 

तस्बिर: कृष्ण खनाल, बुटवल 


त्यस्तै पार्टीका  महांमन्त्रि प्रकाशमान सिहंले माओवादीले संघीयताको नाममा जातिय एकतालाइ फुटाउन खोजेको भन्दै  जातियता र भाषाभाषीको आधारमा संघियता कायम गर्न नहुंनेमा जोड दिनुभयो ।  माओवादी लडाकू र हतियार  व्यवस्थापन पछि मात्र संबिधान निमार्ण गर्नु पर्ने अडानबाट पार्टी पछि नहट्ने पनि उहाले  बताउनु भयो  ।

पार्टीका अर्का महामन्त्रि कृष्ण प्रसाद सिटौलाले माओवादीको द्धैध चरित्रका कारण संबिधान निमार्ण हुन नसकेको भन्दै  हत्या  हिसां र  एकदलिय तथा सर्बसत्ताबादी  मानशिकताबाट माओवादी बाहिर निस्कन नसकेको बताउनुभयो  ।


कार्यक्रममा नेपाली काङग्रेसका  पुर्वमहामन्त्रि  तथा केन्द्रिय सदस्य विमलेन्द्र निधिले भने बर्तमान सरकार सबैतिरबाट असफल भइसकेकाले प्रधानमन्त्रि झलनाथ खनालले राजिनामा दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 


 राष्ट्रिय सहमतीको सरकार निर्माणको लागी प्रधानमन्त्री खनालले राजीनामा दिनुपर्ने कुरामा जोड दिदै उहाले  राजिनामा पछि  बन्ने राष्ट्रिय सहमतिको सरकारले  शान्ति र सबिधानलाइ टुङ्गोमा पुर्याउने  विश्वास व्यक्त गर्नूभयो । 


 काङग्रेसका युवा नेता एवं केन्द्रीय सदस्या गगन थापाले माओबादीले सत्ताकव्जा गर्छु भन्नु दिवा स्वप्ना मात्र भएको टिप्पणी गर्दे नेपाली काङग्रेस आईलाग्ने माथी जाईलाग्न पनि तयार रहेको बताउनुभयो । 

 
 थापाले उहाकै सब्दमा पसुपति र प्रधान सेनापतिलाई कब्जा गर्न नसक्ने नाथेहरुले देसकब्जा गर्न नसक्ने दावी गर्नुभयो ।


कार्यक्रममा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ रामकृष्ण ताम्राकार बालकृष्ण खाण नरहरी आचार्य दिपकुमार उपाध्याय चन्द्र भण्डारी पुष्पा भुसाल मिना उपाध्याय कृष्णचन्द्र नेपाली   राजन  प्रसाद पन्त लगायतले बोल्दै शान्ति र सविधानले काङग्रेसकै नेतृत्वबाट पुर्णता पाउने बताउनुभयो  ।

 

क्षेत्रीय स्तरको आमसभामा नेपाली  काङग्रेसले रुपन्देही कपीलबस्तु नवलपरासि पाल्पा र अर्घाखाँचीबाट दशौ हजार कार्यकर्ताहरुलाई बुटवलमा उतारेको थियो ।