माओवादी पुष्पकमल दाहालद्वारा शान्ति प्रक्रिया र संविधान निर्माणका लागि छिट्टै नयाँ प्रस्ताव ल्याइने जानकारी

काठमाडौं  – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र संविधान निर्माणका लागि छिट्टै नयाँ प्रस्ताव ल्याइने जानकारी दिएका छन् ।

केही दिनपछि बस्ने तीन दलको बैठकमा लडाकु समायोजन तथा संविधानको एकीकृत मस्यौदा तयार गर्न ठोस प्रस्ताव पेस गरिने दाहालले जानकारी दिए । शुक्रबार राजधानीमा सञ्चारकर्मीसित कुरा गर्दै दाहालले एक दुई दिनभित्रै तीन दलबीच शान्ति र संविधानका लागि महत्त्वपूर्ण सहमति हुने बताए ।

लडाकु समायोजन तथा पुनस्थापनाको कार्यतालिका, सुरक्षा निकायमा समायोजन हुने लडाकुको बर्गिकरणका लागि प्रस्ताव ल्याइने दाहालले जानकारी दिए ।

यसैबीच माओवादी अध्यक्ष दाहालले मन्त्रिपरिषद् विस्तारमा पार्टीभित्र विवाद नरहेको दाबी गरे । वैद्य पक्षले मन्त्रालय बाँडफाटलाई दिएर दाहालप्रति असन्तुष्टि राखिरहेकाबेला उनले यस्तो दाबी गरेका हुन् ।