शान्ति र संविधानका लागि सरकार परिवर्तन गरेर संविधानसभा म्याद थप्नुपर्ने माओवादी बाबुराम भट्टराईको भनाइ

– माधव ढुङ्गेल, नागरिक

 

काठमाडौं  -एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानका लागि सरकार परिवर्तन गरेर संविधानसभा म्याद थप्नुपर्ने बताएका छन्। शान्ति प्रक्रियाको निष्कर्ष र नयाँ संविधान विकल्परहित एजेन्डा जनाउँदै उनले सरकार परिवर्तन गर्नुपरे पनि माओवादी पछि नहट्ने बताए।

 

‘कांग्रेस र मधेसवादी दल सरकारबाहिरै रहेर पनि सेना समायोजन र संविधान निर्माणमा सघाउँछन् भने त ठीकै छ,’ शुक्रबार नागरिकलाई अन्तर्वार्ता दिँदै भट्टराईले भने, ‘नत्र कांग्रेस र मधेसवादीसहित प्रमुख दलबीच सत्ता साझेदारीबिना सेना समायोजन र संविधान निर्माण सम्भव छैन, तीन वर्षको अनुभवले देखाइसक्यो।’


कांग्रेस र मधेसवादीलाई समेट्न नसकिए यो सरकार परिवर्तन हुनुपर्ने उनले बताए।
‘सकेसम्म यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिनुपर्छ, नभए संयुक्त राष्ट्रिय सरकार निर्माण गर्ने दिशातिर जानुपर्छ,’ उनले भने।


प्रमुख दलसहितको सरकार बनाएर संविधानसभा म्याद थपिए जनतामा संविधान बन्नेमा विश्वास जाग्ने भट्टराईको धारणा छ।


भट्टराई एकीकृत माओवादीमा पार्टीको ‘जनविद्रोह’ कार्यनीतिसँग असहमति राख्दै आएका वरिष्ठ नेता हुन्। एक साताअघि माओवादी केन्द्रीय समितिले ‘जनविद्रोह’ को साटो ‘शान्ति र संविधान’ को कार्यनीति पारित गरे पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा कुनै प्रगति भएको छैन।


माओवादी-एमाले सत्तागठबन्धनका प्रतिपक्षी कांग्रेस र केही मधेसी दलसँगको अविश्वासले शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध छ।


कांग्रेस नेता शेखर कोइरालाले भने, ‘माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विद्रोह त्याग्ने निर्णय त गर्नुभो, तर यसको कार्यान्वयनमा गम्भीर हुनुहुन्न।’
दाहालले जेठ १४ पछि जनविद्रोह गर्ने र प्रधानमन्त्री झलनाथ खनालले कांग्रेसबाहेक पनि दुईतिहाइ बहुमत पुर्‍याएर संविधान संशोधन गरी संविधानसभा म्याद बढाउने भाषण गर्दै हिँडेको जनाउँदै उनले भने, ‘कांग्रेससँग संसद्को ११४ सिटमात्र नभएर २२ लाख मतदाता पनि छन्।’ उनले शान्ति प्रक्रियाको एउटा पक्ष माओवादी र अर्को पक्ष कांग्रेस हो भन्ने बु