माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना कार्यदलको बैठक नेताहरुको व्यस्तताको कारण स्थगित

काठमाडौ  –  माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना समिति अन्र्तगतको कार्यदलको आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

 

नेताहरुको कार्य व्यस्तताको कारण बैठक सोमबार सम्मलाई स्थगित गरिएको छ ।

 

कार्यदलका एक सदस्यका अनुसार अपरान्ह्र बस्ने भनिएको बैठक भोली सम्मका लागि स्थगित गरिएको हो ।

 

 लडाकुको समायोजन र पुनःस्थापना खाँका पेश्न झण्डै डेढ महिना अघि गठन भएको कार्यदलले पछिल्लो पटक बसेको विशेष समितिको बैठकमा आफ्नो अन्तरिम प्रतिवेदन पेश गरेको थियो ।