राप्ती अञ्चलका पाँच जिल्ला क्षेत्री समाजले आह्वान गरेको बन्दका कारण प्रभावित

दाङ – राप्ती अञ्चलका पाँच जिल्ला क्षेत्री समाजले आह्वान गरेको बन्दका कारण सोमबार विहानैदेखि प्रभावित भएका छन् । राज्यका हरेक निकायमा अन्य जातजातिलाई जस्तै क्षेत्रीलाई पनि कोटा छुट्याएर सहभागी गराउनुपर्ने माग गर्दै क्षेत्री समाजले राप्ती अञ्चल बन्दको आह्वान गरेको हो ।

राप्तीका दाङ, सल्यान, रोल्पा, प्युठान र रुकुम जिल्लामा यातायात, उद्योग, व्यवसाय, शिक्षण संस्था लगाएत सबै क्षेत्र बन्द भएको छ । यातायात सञ्चालन नभएपछि यात्रुहरु टाढाटाढासम्म पनि पैदल यात्रा गर्न बाध्य छन् ।