आदिवासी जनजाति महासंघ युएई २५५५ औ बुद्ध जयन्तिको तयारिमा

-उमाकान्त पाण्डे गाउंले 
अर्घाखाँची टाईम्स यूएई डेस्क-शान्तिका अग्रदूत भगवान बुद्धको जन्म दिन, बुद्धत्व प्राप्त गरेको दिन र बुद्धले महापरिनिर्वान प्राप्त गरेको दिन विश्वभरका बौद्धधर्मावलम्बीहरु तथा नेपालका बौद्धधर्मावलम्बीहरु बुद्ध जयन्तिको रुपमा हर्सोल्लासका साथ मनाउने  तयारीमा लागिरहेको बेला युएईमा पनि नेपाली आदिवासी जनजाति महासंघ  युएई २५५५ औ  बुद्ध जयन्तिको तयारिमा जुटेको छ ।
नेपाली आदिवासी जनजाति महासंघ  युएई मूल आयोजकको रुपमा रहने गरि सहयोगी संस्थाहरु तमु समाज युएई, तामांग समाज युएई, मगर समाज युएई, किरात राई यायोख्या युएई, इमिरेट्स नेवा पुचः, किरात याक्थुम्चुम्लुंग युएई, छन्त्याल समाज युएई र पाँच पोखरी समूह युएईको विशेष सहयोगमा आगामी मे २० तारिक २०११ को दिन संयुक्त राज्य अरबको बरदुबई शहरमा स्थित अस्टोरिया होटेलको याक एंड यति हलमा सम्पन्न हुने कुरा आयोजकले जनाएको छ । 
उक्त कार्यक्रम सम्पन्न गर्नको लागि महासंघका महासचिव डिआर गुरुंगको संयोजकत्वमा आयोजक समिति बनेको पनि जनाइएको छ।