– बद्रीकुमार न्यौपाने
शङ्करदेव क्याम्पस – काठमाडौंको पुतलीसडकस्थित शङ्करदेव क्याम्पसका नेपाल विद्यार्थी सङ्घ समर्थित विद्यार्थी र प्रहरीबीच भिडन्त भएको छ। यस क्रममा प्रहरीले ३० राउण्ड अश्रुग्यास प्रहार गरेको छ। तनावपछि पुतलीसडक क्षेत्रको यातायात र जनजीवन प्रभावित बनेको छ।
गत आइतबार पक्राउ गरिएका आफ्ना कार्यकर्ता तथा त्रिचन्द्र कलेजका विद्यार्थी वीरेन्द्र गिरीलाई झुटा मुद्दा लगाइएको भन्दै उनीहरुले उनलाई तत्काल रिहा गर्न दबाबस्वरुप सडकमा आएर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको थियो।
भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले मङ्गलबार शङ्करदेवका स्ववियु सभापति शुभराम बस्नेतलगायत् चार जनालाई नियन्त्रणमा लिएको छ। यसैबीच प्रदर्शनकारीसँग प्रहरीले वार्ता गर्ने प्रयास गरिरहेको छ। तर प्रदर्शनकारी भने पहिले गिरीलाई छाड्नुपर्ने अडान राखिरहेका छन्।