क्षेत्री समाजको बन्दको कारण लुम्बिनी अञ्चल कै जनजिवन प्रभावित

– कृष्ण खनाल

 

बुटवल  २८ वैशाख  । क्षेत्री समाज नेपालले आयोजना गरेको बन्दको कारण बुटवल लगाएत यस क्षेत्रको  जनजिवन प्रभावित भएको छ । बन्दका कारण बुटवल भैरहवा लगाएत लुम्बिनी  अञ्चलका ६ वटै जिल्ला रूपन्देही, पाल्पा , कपिलवस्तु, नवलपरासी, अर्घाखाँची र गुल्मीको जनजिवन पुर्णतया प्रभावीत भयो ।

 

औद्योगीक नगरी बुटवल र भैरहवा क्षेत्र लगाएत यस क्षेत्रका  उद्योग तथा कलकारखानाहरु पुर्ण रुपमा ठप्प भयो भने सवारी साधनहरु नचल्दा सडक सुनसान भएको थियो । बन्दको कारण जिल्लाका सरकारी तथा निजी शिक्षण संस्थाहरु मा पठानपाठन हुन सकेन । बन्दकर्ताहरुले विहानै  देखि नै सडकमा उत्रीएर प्रर्दशन गरेका थिए ।

 

क्षेत्रीहरुलाई  आदिवासीको सुचिमा सुचिकृत गरिनुपर्ने आरक्षण  जातको आधारमा नभई बर्गीय आधारमा हुनुपर्ने लगाएका माग राखि समाजले आज लुम्विनी गण्डकी र धौलागीरी अाचल बन्दको आह्वान गरेको थियो ।