उद्यमसिलता तालिम समापन

– कृष्ण खनाल

 

बुटवल २९ वैशाख ।  नेपाल सरकार व्यवसायीक तथा सिप विकास तालिम केन्द्र बुटवल र क्वेष्ट एण्ड सर्पोटको संयुक्त  आयोजनामा  संाचालीत एक हप्ते उद्यमसिलता विकास तालिम समापन भएको छ ।

 

रुपन्देहीको पर्रोहा ५ मा संाचालन भएको उक्त तालिम विहिवार एक  कार्यक्रमका विच समापन भएको हो ।

 

समापन कार्यक्रममा संस्थाका  अध्यक्ष कृष्ण पंगेनीको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

 

समापन कार्यक्रममा व्यवसायीक तथा सिप विकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेल लुम्विनी भिजन कलेज व्यवस्थापन समितीका अध्यक्ष चित्र बहादुर केसी गोदवारी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी जोशी लिला खेरेल रिता शर्मा लगाएतको उपस्थिती रहेको जनाईएको छ ।