काठमाडौं – प्रहरीले १९ लाख ६२ हजार नक्कली भारतीय रुपैयाँसहित बुधबार काठमाडौंको नागढुंगाबाट चार भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम बंगाल दुर्गापुरका राजकुमार सिंहलगायत छन्।
प्रहरीका अनुसार भारतको सिलगुडीबाट काठमाडौं आएको डब्ल्युबी७४क्यु ४३७९ नम्बरको यात्रु बसको डिकीमा हजार १ हजार १ सय ४६ थान र पाँच सय दरका १ हजार ६ सय ३३ थान नक्कली नोट फेला परेका थिए।
बसका यात्रुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा नक्कली भारु कारोबारमा संलग्न समूह नै पक्राउ परेको थियो। उनीहरू काठमाडौं परिसरको हिरासतमा छन्।