जेठ १४ अगाडि नै शान्ति प्रकृया तिब्र पार्न दाहाल-खनाल सहमत

काठमाडौं, वैशाख ३०
 – प्रधान मन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल जेठ १४ गते अगाडि नै शान्ति प्रकृयालाई तिब्रता दिने विषयमा सहमत भएका छन्। आज दाहाल निवास नयाँ बजारमा भएको छलफलमा प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालबीच यस्तो सहमति भएको हो। प्रधानमन्त्री खनालका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार जेठ १४ अगाडि नै संविधान निर्माणमा देखिएका मतभेद कम पार्ने र जनक्रान्तिबाट प्राप्‍त भएका उपलव्धीहरुको रक्षा गर्ने विषयमा दुबै नेता एकमत भएका छन्। हिजोमात्र सरकारले संविधान सभाको म्याद एक वर्ष थप्न संसदसमक्ष प्रस्ताव दर्ता गराएको छ।