बन्दको प्रभाब:रुपन्देहीमा १६ मोटरर्साईकल तोडफोड/२ प्रदशनकारी पक्राउ

कृष्ण खनाल 
बुटवल 
नेपाल आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चाले आहृवान गरेको नेपाल बन्दले शुक्रवार रुपन्देहीको जनजिवन पूर्णरुपमा प्रभावित बन्यो।बन्दले खासगरि लुम्विनी अञ्चलका तर्राईका जिल्लाहरुको जनजिवन अस्तव्यस्त बनाईदियो।
क्षेत्री समाज र थारु कल्याणकारीको बन्द पछि लगातार भएको तेस्रो दिनको बन्दले गर्दा पनि जजिवन थप कष्टकर देखिन्थ्यो।विहानैदेखि बन्दकर्ताहरु सडकमा परिचालित भएका देखिन्थे।सडकको सवै चोक चोकमा छुटटा छुटटै टोली बन्द सफल सफल पार्नका लागि परिचालित भएका थिए।बन्द सफल बनाउका लागि छुटटै मोवाइल गस्ती परिचालित समग्रमा रुपन्देही जिल्लामा शान्तिपूर्ण रह्यो।
जिल्लाभरि करिव १५ ओटा मोटरसाइकल तोडफोड भएको बताइए पनि यसको स्वतन्त्र पुष्टि भएको छैना।सवैभन्दा बढी बुटवलको रुद्रपुरमा १२ ओटा मोटरसाइकल तोडफोड गरिएको अन्दोलनकारीले दावी गरे।
बुटवलको जागरण चोकमा लु ८ प १११८ नम्वरको मोटरसाइकल र सिन्दुर होटल अगाडि लु ४ प ५६५८  मोटरसाइकल गरि दर्ुइ मोटरसाइकल बन्दमा चलाएको भन्दै अन्दोलनकारीले तोडफोड गरेका थिए । पर््रदशनमा उत्रेका दुइ जनालाई रुपन्देहीको शंकरनगरबाट प्रहरीले प्रकाउ गरेका बताएको छ । लु ६ प ९११५ र लु २ प २९७ नम्वर मोटरसाइकल तोडफोड गरेको आरोपमा प्रहरीले सुरज श्रेष्ठ र सुनिल कार्कीलाई प्रकाउ गरेको छ । प्रकाउपछि भैरहवा पुर्‍याएका त्यी दुईजना लाई वडा प्रहरी कार्यलायले प्रकाउ गरेको थियो ।