बन्दमा बालवालिका प्रयोग

– कृष्ण खनाल

 

बुटवल ३० वैशाख । बुटवलमा रहेको ज्ञानोदय रात्री मावि कक्षा ८ मा  अध्यायनरत  राम प्रसाद पुन बुटवल रहेको मिलनचोकमा सुक्रबार हातमा आफुभन्दा पनी लामो र  ठुलो  लठ्ठी वोकेर गाडिहरु रोक्दै गर्दा बन्द कर्ताहरुको बिचमा  भेटिए । 

 
विवाहको गाडी होकी राम्रो संग हेनुस्दाई उनले आफु संग रहेका बन्द  कर्तालाई अहर् याउदै थिए । उनले आफु अशक्त भएको कारण हातमा लामो लठ्ठी लाठो बोकेर भने अवश्य हिडेका होईन्न । कारण  नेपाल आदिवासी – जनजाती  महासंघ ले गरेको  एक दिने नेपाल बन्दमा उनले बन्द सफल बनाउनको लागी भन्दै गुडेका गाडीहरुलाई रोकेर चेकिङ्ग गर्दै थिए ।  राप्ती अाचल रोल्पा जिल्लाको थबाङ्ग -७ फुन्द्रवाङ्ग स्थायी घर भई विगत ६ महिना यता बुटवलको देविनगरमा बासोवास गर्दै आएका उनी जम्मा १५ बर्षका विद्यार्थि हुन । बन्दको कारण विद्यालय जान नपाएको भन्दै उनले आफ्ना दाईहरु र साथिहरु संग आएको बताए । बन्द कस्ले  गरेको हो भन्ने  वारेमा अनविज्ञ रहेका उनी बन्द लाई सहयोग गर्नको लागी बिहान को करिव १० बजे नै मिलनचोक बस पार्क लगाएतका स्थानहरुमा लठ्ठी सहित  उपस्थीत भएका थिए । किन बन्दमा घरमा बसेर नपढेर यहा आएको भन्ने जिज्ञासामा उनले भने – स्कुल जान त मन लागेको छ  तर स्कुल बन्द छ पढाई नै हुदैन त्यै भएर नगएको । घरमा आमा बुवा मात्र भएको र आफु आफन्त संग बुटवलमा बस्दै आएको बताउदै उनले बाटो यसरी बन्द गर्नुको कारण ठीक तथा बेठिक के हो भन्ने बारेमा आफुलाई थाहा नभएको बताए । उनले भने – बन्द गरेपनी नगरेपनी मलाई के मतलव ।

 

यसरी आफैलाई थाहा नभएको बन्दमा किन लठ्ठी बोकेर आएको भन्ने संवाददाताको थप जिज्ञासामा उनले आफ्ना आफन्त तथा दाजुहरुले भनेको कारण आएको बताए । यसरी जुन सुकै संघ संस्था तथा राजनैतिक दलले आफ्नो बन्द सफल बनाउनको लागी बालावालीकाको प्रयोग गर्ने गरेको कुनै नौलो हाईन । विगतका दिनहरुमा समेत राजनैतिक दल तथा संघ संस्थाहरुले वालवालीको प्रयोग गर्ने गरेको पाईन्छ  । सुक्रवारको बन्दमा बुटवलको राजमार्ग चौराहा  राम नगर तथा अन्य स्थानमा बालबालीको उपस्थीत उल्लेखनीय थियो । उनीहरुले आफुभन्दा लामो तथा ठुलो लठ्ठी बोकेका दृश्यहरु देखिएको थियो । यदि कुनै पनी सवारी साधन सडकमा देखियो भने सवै भन्दा पहिला तिनै हातमा लामा – लामा  लठ्ठी  बोकेका बालबालीका नै अगाडी जाने गरेका थिए ।

 

यसरी कुनै पनी बन्द हड्ताल बालवालीकाको प्रयोग नगर्ने राजनैतिक दलहरुले वाल वालिका सम्बँधी संयुक्त राष्ट्रि संघको वाल महासंन्धीमा हस्ताक्षर गरेका भएपनी बालबालीकाको बन्द हड्ताल  जुलुसमा प्रयोग गर्ने क्रम रोकिएको छैन । विद्यालमा गएर शैक्षिक तथा ज्ञानवर्दक कुरा सिक्ने वाल मनोविज्ञानमा बाटो बन्द गर्नेहड्ताल गर्ने जस्ता कार्यहरु सिक्दै जाने हो भने ति वाललालीकाको भविश्य कतातिर जानेहो यस्मा सरोकार वालाले सोच्नुपर्ने होईन र