बन्दको प्रभाब: रुपन्देहीमा १६ मोटरसाईकलमा तोडफोड २ प्रर्दशनकारी पक्राउ

– कृष्ण खनाल

 

बुटवल ३० वैशाख ।  नेपाल आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चाले आह्वान गरेको नेपाल बन्दले शुक्रवार रुपन्देहीको जनजिवन पुर्ण रुपमा प्रभावित बन्यो । बन्दले खासगरि लुम्विनी अाचलका तराईका जिल्लाहरुको जनजिवन अस्तव्यस्त बनाईदियो । क्षेत्री समाज र थारु कल्याणकारीको बन्द पछि लगातार भएको तेस्रो दिनको बन्दले गर्दा पनि जजिवन थप कष्टकर देखिन्थ्यो ।

 

विहानैदेखि बन्दकर्ताहरु सडकमा परिचालित भएका देखिन्थे । सडकको सवै चोक चोकमा छुटटा छुटटै टोली बन्द सफल सफल पार्नका लागि परिचालित भएका थिए । बन्द सफल बनाउका लागि छुटटै मोवाइल गस्ती परिचालित समग्रमा रुपन्देही जिल्लामा शान्तिपुर्ण रह्यो । जिल्लाभरि करिव १५ ओटा मोटरसाइकल तोडफोड भएको बताइए पनि यसको स्वतान्त्र पुष्टि भएको छैना । सवैभन्दा बढी बुटवलको रुद्रपुरमा १२ ओटा मोटरसाइकल तोडफोड गरिएको अन्दोलनकारीले दावी गरे । बुटवलको जागरण चोकमा लु ८ प १११८ नम्वरको मोटरसाइकल र सिन्दुर होटल अगाडि लु ४ प ५६५८  मोटरसाइकल गरि दुई मोटरसाइकल बन्दमा चलाएको भन्दै अन्दोलनकारीले तोडफोड गरेका थिए ।

 

प्रर्दशनमा उत्रेका दुइ जनालाई रुपन्देहीको शंकरनगरबाट प्रहरीले प्रकाउ गरेका बताएको छ । लु ६ प ९११५ र लु २ प २९७ नम्वर मोटरसाइकल तोडफोड गरेको आरोपमा प्रहरीले सुरज श्रेष्ठ र सुनिल कार्कीलाई प्रकाउ गरेको छ । प्रकाउपछि भैरहवा पुर् याएका यी दुईलाई वडा प्रहरी कार्यलायले प्रकाउ गरेको थियो ।