कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा हिरासतमा रहेका सभासद्द्वयलाई जनही १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश

काठमाडौ  – दोस्रो पटक कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा हिरासतमा रहेका सभासद्द्वय मधेसी जअधिकार फोरमका बीपी यादव र नेपाली जनता दलकी गायत्री साहलाई बिशेष अदालतले धरौटीमा रिहा आदेश दिएका छन् ।

हिरासतमा लिइएका दुवै जनलाई बिशेष अदालतले आइतवार जनही १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनाबिरुद्ध कुटनीतिक राहदानी दुरुपयोग गरेको ठहर गर्दै १५ वर्षकैद र भष्टाचार गरेको रकम जरिवानाको माग गर्दै बिशेष अदालतलमा मुद्दा दायर गरेको थियो ।

अदालतमा मुद्दा दायर भएपछि संविधानसभाले दुवै सभासद्लाई निलम्बन गरेको छ ।