काठमाडौ – एकीकृत (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल मुलुकमा राजनीतिक गतिरोध बढ्दै गएको बेला एक संसथाको सम्मेलनमा भाग लिने भन्दै अकास्मत थाइलेण्ड प्रस्थान गरेका छन् ।
उनी चिनियाँ संस्था एशिया प्यासेफिक कोअपरेशनको बैठकमा भाग लिन भन्दै आइतबार थाइलेण्डको बैंकक तर्फ लागेका हुन् ।
उनका स्वकीय सचिब समीर दाहालले उनी सोमबार स्वदेश फर्कने बताए । ‘अध्यक्ष बैठक छोट्टयाएर सोमबार फर्कनु हुन्छ’ उनले भने । यसअघि उनी कोअपरेशनको बैठकमा भाग लिन दुई महिना अघि मलेसिया गएका थिए । उक्त संस्था राजनीतिक, आर्थिक र कुटनीतिक बिषयमा छलफल चलाउने फोरम हो । दाहाल थाइल्याण्डमा गैरआवासीय नेपालीको कार्यक्रममा पनि सहभागी हुनेछन् ।



