संविधान सभाको म्याद सकिन दुइ साता पनि बाँकी नरहेका बेला संबैधानिक समिति अन्तर्गत बनेको उपसमितिको म्याद आइताबार तेह्र दिनका लागि थपिएको छ।
एक वर्ष अघि र अहिलेको अवस्थामा केहि प्रगति नगरी नेताहरुले म्याद थपको काम अगाडि बढाएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उपसमितिलाई मतभेदका मुख्य बुँदा सुल्झाउने जिम्मेवारी दिइएको छ।
संविधान लेखन मुल समितिले डाकेको बैठकमा मुख्य दलका शीर्ष नेताहरु र प्रधानमन्त्री उपस्थित थिए।
बैठकमा उपस्थित नेपाली कांग्रेसका सभासद राधेश्याम अधिकारी भन्छन्



