सत्ताबाहिर रहेका मधेसी पार्टीहरूद्वारा सत्ताको पुनरावृत्तिकै लागि संविधानसभाको म्याद थप्न नहुने अडान व्यक्त

काठमाडौ  – सत्ताको पुनरावृत्तिकै लागि संविधानसभाको म्याद थप्न नहुने अडान सत्ताबाहिर रहेका मधेसी पार्टीहरूले व्यक्त गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन घटक दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र मोर्चा बाहिरको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले गलत तरिकाबाट म्याद थपको प्रस्ताव ल्याएको बताएका छन् ।