काठमाडौ – प्रहरी मुख्यालयले जेठ १४ सम्म बिशेष परिस्थितिबाहेक अन्य समयमा बिदा नदिने भएको छ । संविधानसभाको म्याद नजिकै गर्दा जस्तोसुकै परिस्थिती आउन सक्ने अनुमान गर्दै मुख्यालयले काजक्रिया र गर्भवती अवस्थामा बाहेक अन्य अवस्थामा बिदा नदिन मातहतका सबै प्रहरी कार्यालयहरुलाई परिपत्र जारी गरेको छ ।
प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नवराज ढकालले कुनैपनि समयमा धेरै प्रहरी परिचालन गर्ने स्थिती आउन सक्ने अनुमान गर्दै लामो बिदा नदिन परिपत्र जारी गरीएको बताए । नेपाल प्रहरीका देशभर ६० हजार भन्दा बढि प्रहरी कर्मचारी कार्यररत छन् ।



