काठमाडौ – जेठ १४ अघि सेना समायोजनबारे ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई आग्रह गरेका छन् ।
कांग्रेस र मधेसवादी दल लगायतले यथास्थितिमा संविधानसभाको म्याद थप्न नहुनेमा जोड दिई रहेका बेला प्रधानमन्त्री खनालले शान्ति प्रक्रियासँग जोडिएका विषयमा ठोस प्रस्ताव ल्याउन माओवादीलाई आग्रह गरेका हुन् । शान्ति प्रक्रियामा ठोस प्रगती नभएसम्म संविधानसभाको म्याद थप्न नहुनेमा कांग्रेसले अन्य दलसँगसमेत परामर्श गरिरहेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यलय बल्खुमा आयोजित मदन आश्रित स्मृति दिवसमा प्रधानमन्त्रीले मुलुक जटिल संक्रमण कालिन अवस्थामा रहेकाले एक आपसबीचको विवाद अन्त्य गरी राष्ट्रिय सहमतिका साथ अघि बडनुपर्नेमा जोड दिए ।
संविधान निर्माणको लागि संविधानसभाको विकल्प नभएको बताउँदै खनालले एकआपसमा लडेर द्वन्द्व ननिम्त्याउन समेत आग्रह गरेका छन् ।