– कृष्ण खनाल
बुटवल ३ जेठ । चालु आर्थीक बर्ष सकीन लाग्दा समेत जिल्ला विकास समीती रुपन्देहीले छुट्याएको अपाङगता बिकास कोषको रकम खर्च हुन सकेको छैन ।
आर्थीकबर्ष सकीन दुईमहीना भन्दा कम समयअबधी रहदासम्म रुपन्देहीमा सो कोष अन्र्तगत अपाङगता उत्थान तथा ब्यबस्थापन कार्याक्रमकोलागी छुट्याईएको आधा भन्दा बढी रकम खर्च हुन नसकेको हो । जसका कारण अपाङगता भएका ब्यक्तीहरुको सिप र आयमुलक जस्ता काम संचालन नभई बजेट फ्रीज हुने सभंावना बढेको छ ।
चालु आर्थीक बर्षकोलागी जिवीस रुपन्देहीले छुट्याएको ९ लाख रकम मध्ये अहीलेसम्म ३ लाख ८ हजारमात्र खर्च भएको जिवीस रुपन्देहीका सामाजीक विकास अधीकृत दुर्गा प्रसाद श्रेष्ठले जानकारी दिए । खर्चभएको सो रकम मध्ये दृष्टिविहनिका लागी ब्रल लिपी प्रयोग तालिम संाचालनको लागी १ लाख २५ हजार र मर्चवारमा अपाङ्गता भएका व्यक्तीहरुको तथ्याङ्क संकलनमा १६ हजार खर्च गरीएको छ । त्यस्तै १९ औ अपाङ्गता दिवस मनाउनदा ५० हजार अपाङ्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनमा २५ हजार प्रशासनीकमा २२ हजार राष्ट्रिय दृष्टिविहिन महिला कि्रकेट प्रतियोगिता साचालन गर्दा ५० हजार रुपन्देहीको पक्लीहवामा रहेको बहिरा बाल उच्च मा वि सांकेतिक भाषा प्रसिक्षणमा २५ हजार अपाङ्गको पुरानो तथ्याङ्क संकलनमा १५ हजार रुयैया खर्च भएको जिल्ल्ाा विकास कार्यालय रुपन्देही ले जनाएको छ । यस बजेट अन्र्तगत रहेको ५ लाख ९२ हजार रुपैया अझै खर्च हन नसकेको हो । यो रकम फ्रीजहुने सम्भावना बढेर गए पनि जिवीसले सम्वन्धीत क्षेत्रमै खर्च गरीने दावी गरेका छन् ।
जिल्ला परिषदबाट छुट्याईका अपाङगता जिल्ल्ाा संमन्वय समितीका पदाधिकारी तथा सदश्यहरुलाई तालिम अपाङ्गता अधिकार सम्बन्धी अभिमुखिकरण अपाङ्गता भएका व्याक्तिहरुलाई आय मुलक तथा जनचेता मुलक कार्यक्रम संाचालन अपाङ्गता उत्थान कार्यक्रम संचालन तथा कार्य सम्पादन उपसमितीको मार्फत गाउ नगर कार्यक्रम अनुगमन तथा मुल्याङ्कन जस्ता कार्यक्रमहरुको बजेट खर्च हुन नसकेको हो ।
जिल्ला विकास समिती सामाजीक विकास अधिकृत श्रेष्ठले अपाङ्ता भएका व्याक्तिहरु तथा सम्बिन्धीत अपाङ्ता संघ संस्थाहरु सकि्रय नभएको कारणले गर्दा आर्थिक बर्षको अनत्य हुन लाग्दा समेत यो रकम खर्च हुन नसकेको बताए । उनले बजेट बिनीयोजन भईसके पछि सरोकारवालाहरुले समेत त्यतर्फ ध्यान पुर्याउनु पर्ने बताए । तर रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी तारा बहादुरर कार्किले भने काम भईरहेकाले बजेट फ्रीज हुने अवस्था नआउने दावी गरे । उनले बाकी रकम अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमै लगानी हुने जनाए ।