काठमाडौं – कृषि राज्यमन्त्रीमा नन्दनकुमार दत्तले अहिलेकै अवस्थामा मन्त्रिपरिषद्मा नबस्ने बताउँदै राजिनामा दिने भएका छन्। भोलि साँझसम्म प्रधानमन्त्री खनाललाई विस्तृत कारण खुलाएर राजिनामा दिने उनले बताएका हुन्।
मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट राज्यमन्त्रीमा नियुक्त भएका दत्तले मन्त्रिपरिषद्मामा आफूभन्दा कनिष्टलाई मन्त्री बनाइएको र आफूलाई राज्यमन्त्रीको मात्र जिम्मेवारी दिएकाले नैतिकताका आधारमा सरकारमा सामेल हुन अप्ठ्यारो महसुस गरी राजीनामा दिने निर्णयमा पुगेको सञ्चारकर्मीलाई बताए।
उनले पार्टीभित्र देखिएको बेमेल र राजीनामा दिनुपर्नाका कारण थप कारणबारे केही दिनभित्रै पत्रकारसम्मेलन गरी लिखित धारणा सार्वजनिक गर्ने बताए। -रासस



