पाल्पा बन्दमा तोडफोड

– कृष्ण खनाल

 

पाल्पा ६ जेठ । संविधान जारी हुने मिति नजिकीदै जादा जातिय माग राख्दै बन्द गर्ने प्रवृति हावि हुदै गएको छ । विगतमा राजनितिक दलहरुमा देखिने यो प्रवृतिअहिले उन्ीह््रु सरेको हो । जातिय्रुपमा उठेको मुद्दा संविधानमा पुर्ण ्रुपमा समेटन नसके पछि यो बन्दको प्रवृति बढदै ग्एको नागरिकहरुको भनाई रहेको छ ।

 

राजनितिक दलहरुले जिल्ला बन्द गर्दा दलका केही कार्यकर्ता खटिएर भाग लिगेको अबस्था देखिन्थ्यो भने अहिले जुनसुकै जातिय संघ संघठनको बन्दमा सबै राजनितिक दलका कार्यकर्ताहरु सकृय भएर आन्दोलनमा सहभागि हुदै आएका छन । यो अबस्थाले राजनितिक प्रभाव कम जातिय प्रभाव बढी हुदै गएको अबस्था प्रति देशमा जातिय द्धन्द्ध बढ्ने खतरा बढ्दै गएको छ । राजनितिक दलका एउटा कमाण्डमा आन्दोलन हुने गरेपनि जातिय आन्दोलनमा कमाण्ड विनाको लगाम भएको कारण बिभिन्न पक्षले घुसपैठ गरी अराजकता फैलाउदै आएको बिभिन्न पक्षले बताएका छन । पाल्पामा राजनितिक दलहरुले गरेको बन्दमा दुधजन्य पदार्थको विकि्रवितरणमा विना रोकतोक हुने गरेपनि जातिय संघ संघठनले गरेको बन्दमा विभिन्न अवरोध भएका छन । निर्वाध रुपमा समाचार संकलनको क्रममा सवारी साधन चलाउदा ब्रह्ामण समाज पाल्पाले नव जनचेतना सांताहिकको मोटरसाईकल दिनभरी कब्जामा लिएको कैलाश पब्लिकेशसन प्रा।ली। का अध्यक्ष जगदिश भट्टराईले बताए ।

 

यता बन्दकर्ताहरुले भने मोटरसाईकल चालकको प्रेश पास नभएको कारण मोटरसाईकल कब्जामा लिएको बताएका छन । एम्वुलेन्स भित्र कर्मचारी तथा विधार्थीहरु बसेर यात्रा गरेको भन्दै ब्रह्ामण समाज पाल्पाले तानसेनबाट लुम्विनी मेडिकल कलेज प्रभास कलेज  जादै गर्दा लु १ च ३२४४ नम्बरको एम्बुलेस माथि  तोडफोड गरेका हुन् । एम्बुलेसको अगाडीको सिसा फुटेकदो छ । प्रहरी घटना पछि ३ जना बन्दकर्ताहरुलाई प्रकाउ गरेपनि आन्दोलनकारी दवाब पछि रिहा गरेको थियो  । यता अस्पतालले प्रेश विज्ञेप्ती जारी गर्दै बन्दकर्ता संग सहमति लिएर चिकित्सकहरु बोकेर आउदै एम्वुलेन्स तोडफोड गरेकोमा दुख ब्यत्त गरेको छ । कलेजका अध्यक्ष गोपाल पोखरेलले आउदा दिनमा यस्ता घटना नदोहोर्याउन आग्रह गरेका छन । यस क्षेत्रमा क्षेत्री  जनजाती र बाहुन समाजले ३ दिन जिल्ल्ाा बन्द गरिसकेका छन ।

 
समाजले विहानै देखी पाल्पाका सडकहरुहरुमा उत्रिएर बन्दलाई सफल बनाउन हिडेका थिए । समाजले गरेको बन्द बाट  सदरमुकाम तानसेन लगायत मुख्य बजार रामपुर ताहु छहरा हार्थाेक बजार पुर्णरुपमा प्रभावित भएका थिए । बन्दको कारण पाल्पाबाट छुट्ने छोटो तथा लामो दुरीका कुनै पनी सवारी साधन चलेनन् । बजार पसल कलकारखाना शिक्षण संस्था पुर्ण रुपमा बन्द भएका छन । जातिय तथा संघिय राज्य राज्यको विरोध गर्दै बाहुन क्षेत्री लाई आदिबाशीको सुचिमा राख्नुपर्ने मुख्य माग सहित समाजले आन्दोलन स्वरुप बन्दको आव्हान गरेको जनाएको छ ।