मधेशी नेताहरुद्वारा सरकारले दुई तिहाइको बलमा संविधान सभाको म्याद थपे मुलुक दुर्घटना तर्फ जाने चेतावनी

विराटनगर  –  सरकारले दुई तिहाइको बलमा संविधान सभाको म्याद थपे मुलुक दुर्घटना तर्फ जाने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले चेतावनी दिएका छन् ।

विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका नेताहरुले शान्ति प्रकृया नटुंग्याइ दुई तिहाइको आधारमा संविधान सभाको म्याद थपे मुलुकमा अनिष्ट आउने र त्यसको जिम्मेवारी म्याद थप गर्ने दल र सरकारले लिनुपर्ने बताएका छन् ।

उनीहरुले संविधानसभाको म्याद थप्न अघि सारेको चारवटा सर्त पुरा नभए जेठ १४ पछि ‘निर्णायक संघर्ष