– कृष्ण खनाल
बुटवल ८ जेठ । राष्ट्रिपतीका पे्रस सल्लाहाकार राजेन्द्र दाहाललले अवको पत्रकारीता को जमाना खोज प्रत्रकारीता भएको बताएका छन ।
पाल्पा पर्यटन विकास केन्द्र पाल्पाको तानसेनमा भएको स्थानीय सरकारसम्बिन्धीत खोज प्रत्रकारीता लालिमको समापन कार्यक्रम मा उनले यस्तो बताएका हुन । काठमाण्डौबाट प्रकासन हुने शिक्षक मासिकका सम्पादक समेत रहेका दाहालले अहिले नेपाली पत्रकारीता परम्परागत ढङ्गबाट अगाडी बढिरहेको बताउदै उनले पत्रकारीतामा नया ढङ्गबाट लगेमा पत्रकारीता मा बाँच्न नसकिने अवस्था रहेको बताए । उनले विभिन्न मानिसहरुले पत्रकारीतामा बाँच्न नसकिने धारण राखेको बन्दै यस्तो नभएको धारण राखेका हुन । खोज पत्रकारीता गर्नुस गोजि भर्नुस भन्ने मन्त्र अगाडी ल्याउनु पर्ने मा उनको जोड थियो ।
पाल्पा पर्यटन विकास केन्द्र पाल्पाको आयोजनामा पाल्पाको तानसेनमा मा भएको कार्यक्रमा पाल्पा जिल्ला का प्रमुख जिल्ला अधिकारी जनक रेग्मीले स्थानीय सरकारमा जन प्रतिनीधी विहिन हुनुको कारण जिल्लका सम्पुण गतिविधीहरु सहज रुपमा अगाडी बढाउन अफ्ठा्यारो परेको गुनासो समेत गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महांसघ का केन्द्रिय सदश्य मोहन चापागाईले विशिष्ठ अतिथीको आसन बाट बोल्दै पत्रकारीतमा केही समश्या भएको मा यो समश्या पत्रकारहरुको साझा समश्या रहेको धारण राखेका थिए ।
पाल्पा र रुपन्देही जिल्लाका करिव ३ दर्जन पत्रकारहरुको सहभागीता तालिमा प्रशिक्षकहरु चन्द्रकिसोर झा राजेन्द्रं दाहाल मोहन चापागाई मेगराज सर्मा लगाएतले प्रशिक्षण दिएका थिए । समापन कार्यक्र संस्थाका अध्यक्ष कृष्ण पोखरेलको सभापतित्व सचिव किरण कौशलको साचालन मा भएको तालिममा अतिथीहरु नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवाान भण्डारी पाल्पा टाईम्स का सम्पादक झपेन्द्र गैरे लगाएतले बोलेका थिए ।