काठमाडौ – मातृका यादवद्वारा पुनर्गठित माओवादीले आयोजना गरेको बन्दका कारण मुलुकभरको जनजीवन कष्टपूर्ण बनेको छ । बन्दका क्रममा मुलुकका बिभिन्न भागमा आगजनी गरेका छन् भने केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दको प्रभाब राजधानीमा सामान्य परेको छ । सडकमा सवारी साधन कमै मात्रामा चलेका छन् । बानेश्वर, कोटेश्वर क्षेत्रमा टेम्पो, ट्याक्सी र मोटरसाईकलहरु प्रसस्त चलेका छन् । बन्द आवहान कर्ताले ललितपुरको बिएण्एबी हाइटमा यात्रु बोकेर गएको भाडाको ट्याक्सीमा आगजनी गरेका छन् । उनीहरुले बा१ज ३९०० नम्बरको ट्याक्सीमा रहेका यात्रुलाई ओराले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
नवलपरासीबाट सहकर्मी नारायण शर्माले पठाएको समाचार अनुसार बन्दकर्ताले पुर्व



