काठमाडौं – मानवअधिकार उलंघनका आरोपीलाई मन्त्री नियुक्त गरेको भन्दै तीन वटा अन्तराष्ट्रिय मानव अधिकारबादी संस्थाले प्रधानमन्त्रीसित लिखित
असहमति जनाएका छन् । एमनेस्टी इन्टरनेशनल, हृयुमन राइट वाच र इन्टरनेशनल कमिसन अफ
ज्युरिस्टस् साइटले प्रधानमन्त्रीलाई पत्र लेखेर असहमति जनाएको हो ।
उनीहरुले अर्जुन लामाको हत्या अभियोग लागेका अग्नि सापकोटालाई मन्त्री नियुक्त
गरेकोमा आपत्ती जनाएका हुन् । त्यस्तै गृहमन्त्री कृष्णबहादुर महराले द्वन्द्वकालका
मुद्दा फिर्ता लिने अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको भन्दै त्यसप्रति पनि आपत्ती
जनाएका छन् । यस्ता विषयमा गम्भीर हुन उनीहरले प्रधानमन्त्री खनालसित आग्रह पनि
गरेका छत् ।



