रोल्पा – रोल्पा जिल्लाको पूर्वी गाविस बडाचौरमा वेवारिसे बम विस्फोट हुँदा एक महिला घाइते भएकी छन् । बिहीबार बिहान वम विस्फोट भएपछि बडाचौर २ ठूलो नम्जाकी २७ तालिमा विष्ट घाइते भएकी हुन् ।
प्रहरीका अनुसार उनी बाख्रा चराउन गएका बेला विहान ११ बजेतिर वेवारिसे बम विस्फोट भएको थियो । उनी नम्जाको जंगलमा बाख्रा चराउन गएकी थिइन् । विष्टको देव्रे हात क्षतविक्षत भएको प्रहरी निरीक्षक नेत्रमणि गिरी बताए । घाइतेलाई उपचारका लागि एम्बुलेन्सबाट कोहलपुरस्थित अस्पतालमा लगिएको छ ।
घटना कसरी भयो भन्ने बारेमा जाननकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।