एनआरएन यूएईका उपाध्यक्ष ठुलो रकम ठगी गरी फरार

– उमाकान्त पाण्डे गाउले र मान बहादुर थापा 
अर्घाखाँची टाईम्स यूएई डेस्क – आबुधाबी-२७ मै २०११- यूएईमा कार्यरत एक नेपालीले ठुलो रकम ठगेर फरार भएको बताइएको छ। यहाँस्थित बिभिन्न संघसस्थामा समेत आबद्द रहेका भनिएका तथा यूएईका लागि नेपाली राजदुतावास तथा बिशेष गरी महामहिम राजदुत अर्जुन बहादुर थापाका बिशेष बिश्वास पात्र समेत मानिएका एनआरएन एनसीसी यूएईका उपाध्यक्ष शेश नारायण झा करीब २ लाख यूएई धिराम्श ठगी गरी फरार भएको खुलासा भएको हो।रकम ठगी गरी फरार भएको दुई हप्ता पुग्नै लाग्दा घटनाका प्रमाण हरु जुट्दै जान लागे पछी समाचार प्रकाशन गरिएको हो। 
यूएईको दुबइ स्थित माउन्ट रोयल होटलमा नाइट क्लब म्यानेजरको रुपमा कार्यरत बसतपुर रौतहट स्थाई घर भएका नेपाली नागरिक झा,रकम चोरी गरी फरार भएको र कारबाहीका लागि नेपाली दुतावासमा निवेदन दिएको पुस्टी भएको छ।
गैरआवसिय नेपाली संघ यूएई,नेपाल पत्रकार महासंघ यूएई शाखा र अनेसास यूएई च्याप्टरका उपाध्यक्ष रहेका झा त्यस होटलमा कार्यरत नेपाली महिला,होटल मालिक,तथा क्लब क्लाइन्ट सग लिएको पेस्की बापत लिएको रकम एकमुस्ट लिएर फरार भएका हुन। 
रकम ठगी गरी फरार भएका झा बिरुद्द नेपाली राजदुतावास आबुधाबीमा कारबाहीको माग गर्दै निवेदन समेत गरेको होटल प्रतिनिधि तारिक ले जानकारी दिए।
यस् अघी नेपाली समुदायका प्राय दुबइमा हुने कार्यक्रमहरुमा आफ्नै निजी कम्पनी रहेको भन्दै ब्यबासायिक कार्ड समेत बाढ्दै हिंड्ने झा यूएई देखी फरार भएको घटना लाई कतिपयले अपत्यारिलो घटनाको रुपमा लिएका छन भने कतिपयले उनको आन्तरिक व्यबहार प्रती इङगित गर्दै झा संघसस्थाको नाम बेची गुजारा चलाऊने प्रकृतिका ब्याती भएकोले त्यसो नगरे होलान भन्न नसक्ने बताउछन। नाम नखुलाउने सर्तमा एक जना समाजसेवीले भने यदी त्यसो गरेका हुन भने उनी बिरुद्द सिङगो समाज मिलेर लड्ने र उनको खोजी गरी पक्राउ गरी आबश्यक कारबाही गर्ने प्रतिकृया दिए। 
झाले यती ठुलो रकम कसरी चोरे त भन्ने जिज्ञासामा होटल संचालक बताउने तारिकले “नाइट क्लबको म्यानेजर भएकोले बिश्वास गरी धेर थोर रकमको हामी ख्याल गर्दैनथ्यो, तर उसले त्यहा कार्यरत तीन नेपाली महिलाको सबै तलब समेत नदिएको रहेछ,बिभिन्न बहानामा एकमुस्ट रकम बनाइ फरार भएको प्रतिकृया दिए।”जबकी प्राय:नाइट क्लबमा अर्कोदिनको ‘शो’को लागि अघिल्लो दिननै एडभान्स बुझाउनु पर्ने हुन्छ सो बापत क्लाइण्ट मार्फत लिएको रकम समेत लगेछ’, उनले थपे। 
फरार अभीयुत्त झा कार्यरत सोही होटलमा कार्यरत पूर्वकी सानुमाया, पस्चिम कास्की पोखराकी मोनिला, तथा पश्चिम नवलपरासीकी सकुन्तला(परीवर्तित नाम-पिणितको आग्रह अनुसार)को मासिक तलब बापतको सबै रकम झाले नै बुझेको चेक देखाउदा ति नेपाली महिला आफु हरु ठगिएको थाहा पाएको बताउछन। उनीहरु भन्छन” आफुहरु कार्यरत होटलमा नेपाली दाई हुनुहुन्छ भनेर खुशी भएका थियौ,सबै जिम्मा उहाले नै लिनु भएको छ भनेर हामी ढुक्क थियौ तर अन्त्यमा यती धेरै ठगी गरी गएछन,आफ्नो तलब आउँला र घर गुजारा चलाऊन थोरै भए पनि पैसा नेपाल पठाउला भनेर सोचेका ति महिलाहरुको नत नेपाली दाजु फर्किएर आए न त रकम नै पाए, पैसा बुझीसकेको भन्ने चेकको रशिद पत्र पायौ उनिहरु थपे।     
 
नेपाल पत्रकार महासघं यूएई शाखाका उपाध्यक्ष रहेका उनी यस् अघी समेत राजदुत द्वारा दिएको अख्तियारी पत्रको दुरुपयोग गरेको ब्यात्तीको रुपमा बिवादित बनेका थिए। आफु विवादित बनेको समाचार यिनै पत्तींकारले प्रकाशन गर्दा दुबइ अदालतमा मुद्दा हालेको तथा आफुनै पत्रकार भएर समेत अन्य कलमकर्मी लाई धम्काउने गरेको समेत खुलासा भएको थियो। जबकी झा ले आफुलाई रासस प्रतिनिधि रहेको समेत बताउने गर्दथे। झा बिरुद्द नेपाली महिला यहाँ स्थित डान्स बार रेस्टुरेन्ट हरुमा ल्याउने र उनिहरु मार्फत मोटो रकम लिएर ठग्ने गरेको आरोप पटक पटक लगाईदै तथा बिभिन्न बहानामा धेरै पटका प्रहरीको हिरासतमा परेको भन्ने समाचार सार्वजनिक भएको थियो।अहिलेको यस् घटनाले ति आरोप हरुको पुस्टी गर्नका  लागि थप बल पुगेको महसुश गरिएको छ।
नेपाल पत्रकार महासंघ यूएई शाखाका उपाध्यक्ष समेत रहेका झा को सम्बन्धमा यहाँ स्थित संघसस्थाका ब्यात्ती ब्यत्ती बिच चलेका कुरा अहिले एक कान दुई कान मैदान हुँदै प्रमाण पुस्टी गर्न समेत जुटेको छ। झा ले यदी त्यसो गरेका हुन र सबै प्रमाण भेटिएमा आबश्यक कारबाही गर्न महासंघ तयार रहेको महासंघ यूएई शाखाका अध्यक्ष शकंर ज्ञवालीले बताए। हल्ला मैले पनि सुनेको छु ‘प्रमाण जुट्यो र नेपाली ठग्ने वा नेपालीको इज्जत/प्रतिस्ठा माथि आच पुग्ने खालका ब्यात्ती लाई कानुनी उपचारको दाँयारा भित्र ल्याउन आफुहरु लागि पर्ने ज्ञवालीले बताए।
पत्रकार लाई धम्की दिने तथा समाज लाई अपच हुने खालका ब्यबहार गर्दै आएका भनिएका झा सम्बन्धमा एनआरएन एनसीसी यूएईले आफ्नो आकसमिक बैठक आउदो शुक्रबार बस्ने र बैठकले कारबाही गरेको घोषणा गर्ने एनआरएन यूएईका अधय्क्ष चुणामणी ढकालले प्रतिकृया दिए। यस् सम्बन्धमा दुतावासमा बुझ्न खोज्दा संपर्क हुन सकेन।  
यहाँस्थित संघसस्थामा महत्वपूर्ण पदमा रहेका ब्यातीले गरेको यस्तो घटना र ति ब्यात्ती द्वारा यस् अघी देखाइएका व्यबहारले कुनै शत्तीको आडमा निजले त्यसो गरेका हुन वा होटल संचालकको मिलिमतोमा यो वा त्यो बहानामा झा फरार भएको भनिएको हल्ला फिजाइेको हो त्यो भने खुल्न सकेको छैन। झा समाजमा महिला ओसारपोसार तथा गैरकानुनी कार्यमा सम्लग्न भएको आरोपमा पटक पटक प्रहरीको हिरासतमा परेको ब्याती मानिने भएकोले उनलाई त्यस कार्यमा सहयोग पुराउने अन्य कुनै समुह वा सस्था छ कि भन्ने बिषयमा सुक्ष्म अध्ययन गरिन लागेको थाहा भएको छ। नाम उल्लेख नगर्ने सर्तमा एकजना समाजसेवीले बताए अनुसार झा ‘यूएईका राजदुत अर्जुन बहादुर थापाका विश्वाश पात्रको रुपमा लिईने भएकोले कतै यस् घटना लाई बाहिर नल्याएर दुतावास घटना ढाकछोपमा त लागेको छैन, उनले जिज्ञासा गरे।
यूएईमा कार्यरत करीब २ लाख तिस हजार नेपालीको प्रतिस्ठामा समेत चोट पर्ने खालको यो घटनाले यहाँ स्थित नेपाली हरु चिन्तित बनेका छन।आखिर जे भए पनि जे सुनिदै छ त्यो आखिर नेपालीकै बैईजती हुने घटना भएकोले फेरी यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले यो घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्नु पर्ने बताए।  
यस् सम्बन्धमा आउने थप जानकारी प्रकाशन गरिने छ , हेर्दै गर्नु होला अर्घाखाँची डट्कम् ! – यूएई डेस्क