माओवादीले हतियार नबुझाएसम्म कुनै हालतमा संविधान सभाको म्याद नथप्न मधेसी मोर्चाको दबाब

काठमाडौँ – लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलका प्रमुखले आज बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उनकै निवासमा भेटी माओवादीले हतियार नबुझाएसम्म कुनै हालतमा संविधान सभाको म्याद नथप्न दबाब दिएका छन्।


भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान सभाको म्याद थप र राष्ट्रिय सहमतिको विषयमा कुरा भएको जानकारी दिए।