ईजलासमै न्यायधिस र कानुन व्यवसायी बिच विवाद, न्यायधिसले कानुन व्यवसायीहरुलाई समान व्यवहार नगरेको आरोप

– कृष्ण खनाल

 

बुटवल  १३ जेठ – पाल्पा जिल्ला अदालतको ईजलासमा  विहिवार  न्यायधिस र कानुन व्यवसायी विचमा विवाद भएको छ ।

 

एक भवितव्य ज्यान मुद्धामा जिल्ला सरकारी वकिल कार्यालयले घटनाका प्रत्यक्षदसर्ीहरु झिकाउन अनुरोध गर्दे पाल्पा जिल्ल्ाा  अदालतलाई पत्र लेखेको बिषयमा  सरकारी  वकिल र न्यायधिस बिच छलफल गर्ने क्रममा न्याधिसबाट प्रतिवादि पक्षका वकिल को नाम लिएपछी न्याधिस र वकिल विचमा  विवाद  भएको हो ।

 

दलबहादुर बगाले समेत प्रतिवादीरहेको भबितव्य ज्यान मुद्धाको पसीका  दिन विहीबार जिल्ला सरकारी वकिल खडानन्द गौतमले  उक्त घटनाका प्रत्यक्षदसर्ीहरुलाई झिकाई बुझ्नु पर्ने माग  गरि जिल्ला अदालतलाई पत्र लेखेको बिषयमा जिल्ला न्यायधिस हरी प्रसाद बगाले र सरकारी वकिल विच छलफल गर्ने क्रममा प्रतिवादी पक्षका वकिल विनोद  कार्किको नाम जोडेर मुद्धा फैसलामा ढिलाई हुने गरी प्रमाण जुटाउने तर्फ नलाग्न सरकारी वकिल संग आग्रह गरेको प्रत्यक्षदर्शी कानुन व्यवसायी  ले बताए ।

 

मुद्धाको विषयलाई लिएर कानुन व्यवसायी प्रति नकारात्म टिप्पणी गरेको भन्दै कानुन व्यवसायी कार्किले न्ययधिस संग ईजलासमा त्यसबारे प्रश्न गरेपछी न्याधिस र कानुन व्यवसायी कार्कीका विचमा बिवाद भएको बताइएको छ ।

 

आफुले हेरेको मुद्धामा पेशी हटाउने क्रममा न्यायधिसले  पटक – पटक अनाकानी गर्ने गरेको भन्दै यस्तो पुर्वाग्रह किन  गरियो श्रीमान भनी न्याधिस समक्ष कानुन व्यवसायी कार्किले प्रश्न  गरेको पत्यक्ष दर्शीहरुले बताए ।

 

मुद्धाको  विषयमा वकिलहरुले बहस गर्ने ठाउमा न्याधिस र कानुन व्यवसायी विचमा विवाद भएको  विषयमा जिज्ञासा राख्दा पाल्पा जिल्ला अदालतका श्रेष्तेदार लाल िसं थापाले त्यतीबेला आफु त्याहा नभएकोले त्यसबारे  आफुलाई  थाहा नभएको प्रतिक्रया दिए ।

 

उता घटनाको बारेमा जिल्ला न्यायधिस बगाले संग जिज्ञासा राख्दा कानुन व्यवसायी कार्किसंग  विवाद भएको स्वीकार गर्दे आफुले कुनै पनी कानुन व्यवसायी प्रति  पूर्वाग्रह  राखेर काम नगरेको बताए ।

 

उक्त मुद्धामा प्रत्यक्षदसर्ीहरुलाई झिकाउन सरकारी वकिलले पत्राचार गरेको विषयमा छलफल हुदा त्यस मुद्धामा यस अघि प्रतिवादि तर्फका कानुन व्यवसायी कार्किले पेसी हटाईसकेकोले अव फेरी थप प्रमाण जुटाउने तर्फ लाग्दा फैसलामा ढिलाई हुने भएकोले त्यसो नगर्न सरकारी वकिल संग आग्रह गरेको बताउदै न्याधिस बगालेले सवोच्च अदालतले असार मसान्तभित्र ६० प्रतिशत मुद्धा फैसला  गर्न निर्देशन दिएकाले पेशी हटाउने काम नगर्न  आफुले पटक पटक कानुन व्यवसायीहरुलाई आग्रह गरेको जनाकारी दिए । त्यस बिषयमा जिल्ला सरकारी वकिल खडानन्द गौतमसंग जिज्ञासा राख्दा उक्त मुद्धामा थप प्रमाण बुझ्का लागी आफुले जिल्ला  अदालतलाई पत्राचार गरेको स्वीकार गर्दे सरकार बादि रहेको मुद्धामा सकेसम्म धेरै प्रमाण जुटाई मुद्धालाई बलियो बनाउने दायित्व सरकारी वकिलको भएकोले आफुले  अदालतलाई सोही अनुरुप पत्राचार गरेको जानकारी दिए ।  

 

 नेपाल बार एशोसीएसन पाल्पा  जिल्ला अदालत ईकाईका अध्यक्ष जोगलाल वि क ले त्यस बारेमा आफुलाई थहा नभएको बताउदै न्यायधिस बाट कानुन  व्यवसायी प्रति पुर्वाग्रही व्यवहार गरेको आफुलाई नलागेको प्रतिकि्रया दिए ।

 

प्रजातान्त्रीक कानुन व्यवसायी संघका केन्द्रिय सदश्य तथा पाल्पा जिल्ला अध्यक्ष डिल्ली बहादुर कार्किले न्यायधिस र कानुन व्यवसायी बिच विवाद हुनु राम्रो नहुने बताउदै न्यायधिसले सवै कानुन व्यवसायीलाई सामान व्यवहार गर्नु पर्ने प्रतिकि्रया दिए ।