सेनामा मधेसीलाई पनि समूहगत प्रवेश दिलाइनुपर्ने माग

काठमाडौं – संविधान सभाको म्याद थपअघि ७ हजार लडाकुलाई समायोजन गर्ने माओवादी प्रस्ताव सार्वजनिक भएपछि मधेसी मोर्चाका नेताहरुले सेनामा मधेसीलाई पनि समूहगत प्रवेश दिलाइनुपर्ने माग राखेका छन्। उनीहरुले माओवादीसँगको वार्तामा यस्तो माग राखेका हुन।

मोर्चाका नेताहरुले संविधान सभाको म्याद थप गर्नका लागि आफूहरुले उठाउँदै आएका मधेसका माग सम्बोधन हुनुपर्ने प्रतिबद्धता पनि खोजेका छन्। माग सम्बोधन भएमात्र म्याद थपका लागि लचिलो हुने उनीहरुले बताएका थिए।

सद्‍भावना पार्टीका सभासद्‍ लक्ष्मणलाल कर्णले माओवादीपछि कङ्ग्रेससँग पनि यिनै मागबारे वार्ता हुने जानकारी दिए।