राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको उपलक्ष्यमा ३३२ कैदीलाई माफी मिन्हा

काठमाडौँ  – गणतन्त्र दिवसको उपलक्ष्यमा देशका विभिन्न कारागारमा कैदीको रुपमा रही तोकिएको कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका ३३२ जना कैदीको बाँकी कैद मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति डा रामवरण यादवले माफी मिन्हा गरेका छन्।

उनीहरुलाई रिहाइ गरिएको गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ। रासस