संविधान समयमा बनाउन नसकेको अवस्थामा भत्ता नलिनेबारे चित्रबहादुर केसीले भने- भोको गोरुले मेलो जोत्दैन

उपेन्द्र लामिछाने, नागरिक

सिमरा  – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलले इमानदारिता देखाए थपिएको समयमा संविधान बन्न सक्ने बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष केसीले अब संविधान बनाउनुबाहेक अन्य विकल्प नबचेको पनि बताए।

हेटौंडा जाने क्रममा आइतबार बिहान बाराको सिमरा विमानस्थलमा उनले यस्तो बताएका हुन।

‘तीन ठूला दलबीच शान्ति प्रक्रिया, संविधान र सरकारको विषयमा न्युनतम् समझदारी भएकाले मध्यरातमा म्याद थपिएको छ’, उनले भने- यसलाई इमानदारीपूर्वक पालना गरे तोकिएको समयमा संविधान बन्छ।’ मुलुकलाई शून्यताको स्थितिबाट मुक्त गराउन आफ्नो दलले पनि म्याद थपको विषयमा सहमति जनाएको बताउँदै उनले थपिएको समयको औचित्य प्रमाणित गर्न इमानदारिता देखाउनुपर्ने बताए।

हामीले मन नपरी