संविधानसभाको थप अवधिभर राप्रपाका सांसद्ले भत्ता नलिने

काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको थप अवधिभर आफ्ना सांसदले सदनमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले त्यसअवधि पार्टीका सांसदले सांसदभत्ता नलिने निर्णय गरेको बताए ।

अध्यक्ष थापाले विवादास्पद ढङ्गबाट थपिएको अवधिमा संविधान लेखन र शान्ति स्थापना गम्भीर आशङ्कामा परेको दावी गरे।

उनले ‘संविधानको भावना एवम् सर्वोच्च अदालतको फैसला विरुद्ध’ संविधानसभाको म्याद थप गर्ने प्रयोजनका निमित्त अन्तरिम संविधानमा हालै गरिएको संशोधन राजनीतिक दृष्टिकोणबाट गलत र नैतिकरुपमा अनुपयुक्त रहेको बताए । – रासस