काठमाडौं – मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा रविन्द्र प्रताप साहलाई नियुक्त गरेको छ। बुधबार बसेको बैठकले रमेशचन्द ठकुरीलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गर्दै साहलाई महानिरीक्षक बनाएको हो।
ठकुरीमाथि सुडान घोटाला प्रकरणलाई लिएर अख्तियारले छानबिन गरिरहेको छ।